रात्रिकालीन विमान अवतरणका लागि बनाइएको पूर्वाधार उपयोगहीन

२०७३ भाद्र ६ गते, सोमबार

काठमाडौं, ६ भदौ । बाराको सिमरास्थित विमानस्थलमा रात्रिकालीन विमान अवतरणका लागि करोडौं खर्चेर बनाइएको सबै पूर्वाधार उपयोगहीन भएका छन् । चार बर्षअघि सिमरा विमानस्थलमा रात्रिकालीन नियमित उडान र अवतरणका लागि भौतिक पूर्वाधार निर्माण गर्न २० करोड खर्चिएको भएपनि हालसम्म एउटै बिमानले रात्री उडान भरेका छैनन् ।
बुद्ध एयरले साना र ठूला गरी ७ र सिम्रिक एयरलाइन्सले दैनिक १ गरी दिउँसोमा ८ उडान भरिरहेको यस विमानस्थल बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका उद्योगी ब्यापारीका साथै भारतीय यात्रुले प्रयोग गर्दछन् । निजी विमान कम्पनी र विमानस्थलबीच प्राविधिक समस्या हुँदा रात्री उडान नभएको विमानस्थल ब्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु