राज्य र जनताको राजनीतिक स्वतन्त्रताबारे विशेष अन्तरक्रिया हुँदै

२०७४ फाल्गुन १० गते, बिहीबार

काठमाडौँ, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले आज विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
संगठनले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिस्ठानको हलमा ‘राज्य र जनताको राजनीतिक स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको बताएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सरकारले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गरेर राजनीतिक गतिविधिमा प्रतिबन्द लगाउने प्रयास भइरहेको भन्दै संगठनले आपत्ति जनाउँदै आएको छ । दिउँसो १२ बजेबाट सुरु हुने कार्यक्रममा लोकेन्द्र विष्ट, गोपाल किरात, हरिभक्त कँडेल, एकराज भण्डारीलगायत वाम बुद्धिजीवी तथा नागरिक अगुवाहरु बक्ता रहेको अध्यक्ष टिका कँडेलले कम्युनिस्ट न्यूज सेन्टरलाई जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु