रसुवागढी जलविद्युतको काम ठप्प

२०७३ आश्विन ८ गते, शनिबार

काठमाडौँ, ८ असोज । सुवाको टिमुरेमा निमार्णधिन रसुवागढी जलविद्युत आयोजनाको काम एक महिनादेखि ठप्प भएको छ । निमार्णस्थलमा पहिरो गएपछि सुरक्षाको कारण देखाउँदै चिनिंया ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पले काम छाडेको हो । निर्माणस्थलमा पहिरो आइ चट्टान खस्दा असुरक्षित भएको भन्दै ठेकेदार कम्पनीले काम छाडेको र बर्षा सकिएपछि काम फेरि सुरु गर्ने रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख माधवप्रसाद कोइरालाले जानकारी दिए । २०१७ अगष्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा भूकम्प, नाकाबन्दी र बर्खाको समयमा काम ठप्प हुँदा निर्माण सम्पन्न हुन २०१९ को मे सम्म लाग्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु