मोदीको जनकपुर भ्रमण यथावत

२०७१ मंसिर ५ गते, शुक्रबार


काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण यथावत रहेको गृह सचिव सूर्य सिलवालले जानकारी दिएका छन । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरी उनले मोदीको भ्रमण मंसिर ९ गते नै रहेको बताएका हुन् ।
मोदी मंसिर ९ गते भारतको सुरसण्डबाट स्थलमार्ग हुँदै महोतरीको प्रकौली व्यारेक आउने र त्यहाँबाट सेनाको हेलिकप्टरबाट जनकपुर आउने कार्यक्रम रहेको सिलवालको भनाई छ।
गृह सचिव सिलवालले मोदीको अभिनन्दन तथा सम्बोधन ऐतिहासिक बाह्रविघा रंगभूमी मैदानमा हुने बताए । त्यसको लागि शुक्रबारदेखि नै बाह्रविघामा मञ्च बनाउने र जनकपुरको सुरक्षा व्यवस्था कडा हुने उनको भनाई छ ।
यसैबीच मन्त्री निधीले बिहीबार मोदीको भ्रमण स्थागित भएको जानकारी गराएपछि जनकपुरका बासिन्दा आक्रोशत भएका छन् । त्यस्तै एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाले भ्रमण स्थगित गराएको विरोधमा शुक्रबार विहानैदेखि जनकपुर लगायत बन्द आगरेका छन् । बन्दको कारण यात्रुहरु समस्यामा परेका छन् ।

प्रतिक्रियाहरु