माओवादीको एम्बुसमा परी ७ सुरक्षाकर्मीको मृत्यु

२०७५ जेष्ठ ७ गते, सोमबार

काठमाडौं, ७ जेठ । माओवादीको एम्बसुमा परी आधा दर्जन सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतको छत्तीसगढ राज्यको पर्ने दन्तेवाडामा थापेको धरापमा परी सुरक्षाकर्मी परेका थिए । भारतीय संचारमाध्यमहरुका अनुसार सुरक्षा बलका ७ जवानको मृत्यु भएको छ । माओवादी सेनाहरुले एके–४७, इन्सास राइफल, एसएलआरलगायत दर्जनौं अत्याधुनिक हतियारसँग गोली र ग्रेनेड कब्जा गरेको बताइएको छ । एन्टी नक्सल अपरेशनका डीआईजी सुन्दर राजले प्राथमिक चरणको जानकारी अनुसार बम बिष्फोटमा ६ जवानको मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेको छ । उनले आक्रमणमा संलग्न नक्सली समूहलाई पक्राउ गर्न अपरेसन जारी रखेको बताए ।

प्रतिक्रियाहरु