मंगलग्रहमा पठाउन लागेको प्रक्षेपण रोकियो

२०७१ मंसिर १९ गते, शुक्रबार


काठमाडौं । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले मंगलग्रहमा पठाउन लागेको अन्तरिक्ष यान ओरियोनको प्रक्षेपण स्थगित गरेको छ । मौसममा देखिएको खराबी र केहि प्राविधिक समस्या देखिएकाले ओरियनको प्रक्षेपण १ दिनका लागि पर सारेको बिबिसीले जनाएको छ ।
ओरायन यान अमेरिकाको फ्लोरिडाको केप कानाभेरलबाट डेल्टा रकेटबाट मंगलग्रहमा प्रक्षेपण गर्ने कार्यक्रम थियो । प्रक्षेपणअघि अनुसन्धानकर्ताले यो अन्तरिक्ष यानको मद्दतले मंगलग्रहमा मानिस पुग्न संभव हुने बताएका थिए । यो अन्तरिक्ष यानको स्वरुप १९६० र ७० को दशकमा चन्द्रमामा मानिस लैजाने एपोले यानको जस्तै भएपनि थुप्रै आधुनिक प्राविधिक जडान गरिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु