भ्रूणमै उपचार !

२०७४ श्रावण २१ गते, शनिबार

काठमाडौ, २१ साउन । विश्‍वमा धेरै शिशुहरु भ्रूण अवस्थामै रोग लागेर मृत्‍युको मुखमा पुगिरहेको बेला वैज्ञानिकहरुले पहिलो पटक यसको समाधान निकालेका छन्।उनीहरुले हृदय रोगका कारण बन्‍ने खराब डिएनएको एउटा हिस्सालाई अलग गर्न सफल भएपछि शिशु बिरामी हुने खतराबाट मुक्त हुने बीबीसीले उल्लेख गरेको छ।
अमेरिकारको ओर्गन हेल्‍थ एण्ड साइन्स युनिभर्सिटी तथा साल्‍क इन्स्टिच्‍युटसँग दक्षिण कोरियाको इन्स्टिच्‍युट फर बेसिक साइन्सको टीमोले हाइपरट्राफिक कार्डियोमायोप्‍याथीमा धेरै अनुसन्धानको काम गरेको छ।जसमा ज्ञानिकहरुले यसैको माध्‍यमबाट करिब १० हजार अनुवांशिक गडबडीको उपचार गर्न बाटो खुलेको दाबी गरेका छन्।
अनुसन्धानकर्ताका अनुसार प्रत्‍येक पाँच सयमध्‍ये एक व्‍यक्तिमा हृदयघातको सिकार हुने गरेको छ।जसको कारण जतिबेला पनि मानिसको मृत्यु हुन सक्छ। डीएनएको कुनै पनि व्‍यक्तिको जीन बिग्रिएमा उसको सन्तानमा रोग सर्ने सम्भावना ५० प्रतिशत हुने गर्दछ।
यही समस्यालाई समाधान गर्न अमेरिका र दक्षिण कोरियाको टीम मिलेर भ्रूणलाई पाँच दिनसम्‍म विकसित हुन दिए। यही अध्‍ययनलाई उनीहरुले नयाँ प्रयोगको रुपमा लिए जसले डिएनएमा पनि काटछाट गर्न मिल्‍ने बनाइदिइयो। सन् २०१५मा यसको नतिजा आयो र क्रिस्पर बढ्नमा योगदान रहेको पाइयो।
यता, नेचर जर्नलमा प्रकाशित लेखमा वैज्ञानिकहरुले अब आनुवांशिक अतरा, जीनसे सिस्टिक फ़ाइब्रोसिसदेखि स्तन क्‍यानसरसम्‍मको खतराबाट बचाउँछ। किनकी उक्त विकारयुक्त पदार्थ शरीरबाट सफलतापूर्वक बाहिर निकालेर फाल्‍न सकिने जिकिर गरेका छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु