भोलिदेखि प्राविधिक मेला हुने

२०७१ फाल्गुन ७ गते, बिहीबार

काठमाडौं। पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले १२ औं राष्ट्रिय प्राविधिक मेला भोलि फागुन ८ गतेदेखि १० गतेसम्म गर्ने भएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर र इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल विभागका चौंथो वर्षका विद्यार्थीको समूह लोकसले क्याम्पस हातामै तीन दिनसम्म मेला गर्ने भएको हो । लोकसले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरेर भविष्यका लागि प्रविधि भन्ने नाराका साथ गर्न लागिएको मेलामा विद्यार्थीले बनाएका विभिन्न प्रोजेक्ट प्रदर्शन गरिने छन् ।
काठमाडौं उपत्यकाका अतिरिक्त चितवन र पोखराका विभिन्न क्याम्पसका विद्यार्थीले पनि सहभागिता जनाउने मेलामा विद्यार्थीका प्रोजेक्टहरु ग्रिन टेक्नोलोजी, सामाजिक विकास र स्टार्टप विधामा समावेश गरी उत्कृष्ट प्रोजेक्टलाई पुरस्कृत गरिने मेलामा सञ्चार संयोजक नमन नेपालले बताए ।
आयोजकका अनुसार, मेलामा गेमिङ, यन्त्र अखडा, कोड क्याम्प, कोड जाम, इन्फोग्राफिक र फोटोग्राफी प्रतियोगिता, उद्यमशिलता सम्बन्धी बहस, सेमिनार लगायतका कार्यक्रम राखिने छन् । नेपाललाई प्राविधिक ढंगले कसरी विकास गर्न सकिन्छ भनेर देखाउनका लागि मेला गर्न लागेको लोकसले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु