भारतमा इबोला संक्रमण

२०७१ मंसिर ३ गते, बुधबार


काठमाडौं, ३ मंसिर । लाइबेरियाबाट फर्केका एक भारतीय युवक इबोला संक्रमित भएको पुष्टी भएको छ । अफ्रिकी मुलुक लाइबेरियाबाट फर्केका उनलाई बिमानस्थलमा रहेको इबोला स्वास्थ्य परीक्षणका क्रममा संक्रमित पाइएपछि अलग्गै राखेर उपचार थालिएको छ ।
लाइबेरियामा रहँदा नै इबोला संक्रमित भएका २६ बर्षिय युवक उपचारपछि भारत फर्केका थिए । लाइबेरियाको स्वास्थ्य सेवा बिभागले इबोला मुक्त भएको प्रमाणित गरेपछि उनी स्वदेश फर्केका थिए ।
यद्यपी, स्वास्थ्य परीक्षणका क्रममा उनमा केही अंश इबोला भाइरस फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रियाहरु