बेलायतद्वारा अफगानिस्तानमा थप सेना पठाउने निर्णय, अमेरिकाद्वारा स्वागत

२०७५ असार २८ गते, बिहीबार

काठमाडौं, २८ असार । बेलायतले अफगानिस्तानमा थप सैनिक पठाउने भएको समाचारको अमेरिकाले स्वागत गरेको छ । अफगानिस्तानमा शान्ति स्थापना र स्थायित्वका लागि बेलायतले थप ४४० बृटिश सैनिक पठाउने जानकारी बेलायतका प्रधानमन्त्रीले थेरेसा मेले दिनुभएको हो ।
पछिल्लो समयमा अफगानिस्तानको शान्ति सुरक्षामा झन चुनौती थपिएका भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा बेलायतलाई थप सेना पठाउन आग्रह गर्नुभएको थियो ।
आफ्नो नेटो गठबन्धन बेलायतलाई गरिएको सो आग्रहपछि ब्रसेल्समा बुधबार सम्पन्न नेटो आवद्ध देशको बैठकका क्रममा बेलायती प्रधानमन्त्री मेले सो प्रतिवद्धता व्यक्त गर्नुभएको अधिकारीले जानकारी दिएका छन् ।
उक्त निर्णयको अमेरिकी विदेश मन्त्रालयले स्वागत गरेको समाचारमा जनाइएको छ । विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्पको आग्रहमा बेलायतले सेना पठाउने भनी गरेको निर्णयको स्वागत गरेको बताइएको छ । ती सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि ठूलो मात्रामा सघाउने आशा आफूले गरेको जानकारी पनि उहाँले दिनुभएको समाचारमा जनाइएको छ । यो सहित अफगानिस्तानमा बेलायती सेनाको सङ्ख्या एक हजार १०० पुग्ने बताइएको छ । हाल अफगानिस्तामा १६ हजार नेटो सैनिक छन् ।

प्रतिक्रियाहरु