प्रियंका गान्धीलाई भारतीय कांग्रेस अध्यक्ष बनाउन माग

२०७६ श्रावण १ गते, बुधबार

काठमाडौं, १ साउन । प्रियंका गान्धीलाई भारतीय कांग्रेस अध्यक्ष बनाउन माग गरिएको छ । उत्तर प्रदेशका लागि भारतीय राष्ट्रिय कांग्रेसको महासचिवको जिम्मेवारी पाएकी गान्धीलाई भारतीय कांग्रेस अध्यक्ष बनाउन माग गरिएको हो । केहि समयअघि भारतमा भएको लोकसभा चुनावमा पार्टीले हार ब्यहोरेपछि नैतिकताका आधारमा कांग्रेस अध्यक्ष पदबाट राहुल गान्धीले राजीनामा दिएको घोषणा गरेका थिए । राहुलले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पद कसले सम्हाल्छ भन्ने अनिश्चितता रहेको छ । राहुलकै बराबरको प्रभावशाली कांग्रेस नेता चयन गाह्रो भइरहँदा राहुलकी बहिनी तथा कांग्रेस महासचिव प्रियंका गान्धीलाई पार्टी अध्यक्ष बनाउनु पर्ने आवाज उठेको भारतीय पत्रिका इन्डियन एक्सप्रेसले जनाएको छ । इन्डियन एक्सप्रेसलाई पूर्व कांग्रेस युनियनका नेता श्रीप्रकाश जयशवालले दिएको अन्तर्वार्ताका अनुसार प्रियंका गान्धीमा नेतृत्व लिन सक्ने क्षमता रहेको र बहुआयामिक प्र्तिभा भएकाले कांग्रेस भित्र प्रियंकालाई अध्यक्ष बनाउन माग गरिएको छ । भित्री चाहना त्यसो भएपनि कांग्रेस नेताहरुले अहिलेसम्म खुलेर प्रियंकाको नाम बाहिर ल्याउन भने सकेका छैनन् कारण राहुलले चाहेका छैनन् कि अब बन्ने अध्यक्ष गान्धी परिवारको नभई बाहिरको होस् ।

प्रतिक्रियाहरु