प्रहरी निगरानी गर्न मार्सल टिम परिचालन

२०७१ माघ १२ गते, सोमबार

काठमाडौ १२ माघ। महानगरीय प्रहरी कार्यालले प्रहरी गतिविधि अनुगमन गर्न मार्सल टोली सक्रिय बनाई परिचालन गर्ने भएको छ ।प्रहरी उपरीक्षक (एसपी) को कमान्डमा सशक्त मार्सल टिम बनाई अनुगमन र निगरानी गर्ने तयारीमा महानगरीय प्रहरी कार्यालय जुटेको हो ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी रमेश तामाङ गत बिहीबार ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेपछि महानगरीय प्रहरी कार्यालय मार्सल टिम बलियो बनाउन कस्सिएको हो ।
यसअघि मार्सल टिम भए पनि अनुगमन प्रभावकारी हुन सकेको थिएन ।प्रहरी नायब महानिरीक्षक (डीआइजी) हेमन्त पालले जनशक्ति थपेर एसपीको कमान्डमा सशक्त मार्सल टिम बनाउने तयारी भइरहेको जानकारी दिए ।आर्इजीपी उपेन्द्रकान्त अर्यालको निर्देशनपछि मार्सल टिमलाई बलियो बनाई आन्तरिक अनुगमन बलियो बनाउन लागिएको हो ।- नयाँ पत्रिकाबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार