प्रधानमन्त्री क्यामरुनद्वारा राजीनामाको घोषणा

२०७३ असार १० गते, शुक्रबार

काठमाडौँ, १० असार । युरोपेली संघमा बेलायत रहने वा नरहने भन्नेबारे बिहीबार देशभर गराइएको जनमत संग्रहको नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामाको घोषणा गरेका छन् । उनले जनमत संग्रहको नतिजा आफूले सम्मान गर्ने पनि बताए । उल्लेखनीय छ, प्रधानमन्त्री क्यामरुन युरोपेली संघबाट बेलायत छुट्टिनु हुँदैन भन्ने पक्षमा थिए । तर जनमत संग्रहमा करिब ५२ प्रतिशत बेलायती जनताले युरोपेली संघबाट अलग हुने पक्षमा मतदान गरेका छन् । पत्नी सामन्थाका साथ उभिएर क्यामरुनले विगत ६ वर्षदेखि प्रधानमन्त्रीका रुपमा आफूले सेवा गर्ने मौका पाएकोमा गर्व लागिरहेको बताए । तर युरोपेली युनियनबाट मुलुकलाई अलग्याएर आफू नयाँ यात्राको जहाजको कप्तान बन्न नसक्ने उनको भनाइ थियो । – एजेन्सी

प्रतिक्रियाहरु