प्रकाण्डलाई बिनासर्त रिहा गर्न संयुक्त दलित मुक्ति मोर्चाको माग

२०७५ श्रावण ३० गते, बुधबार

काठमाडौं, ३० साउन । सरकारले नेकपाका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरी, आँखामा कालो पट्टी बाधेको, मानसिक यातना र भौतिक यातना दिएकोप्रति संयुक्त दलित मुक्ति मोर्चा, नेपालले विरोध तथा भत्र्सना गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपालका अध्यक्ष डम्बरबहादुर विश्वकर्मा, नेकपा(क्रान्तिकारी माओवादी) निकट दलित मुक्ति मोर्चाका प्रतिनिधि राम नेपाली, वैज्ञाकि समाजवादी कम्युनिस्ट पार्टी निकट दलित विभागका संयोजक, राजकुमार हिङमाङले मंगलबार अपरान्ह संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रकाण्डलगायत नेताकार्यकर्तालाई बिनासर्त रिहा गर्न जोडदार माग गरेका छन् । साथै, सरकारलाई समस्याको राजनीतिक ढंगबाट हल गर्न अनुरोध गर्दै राजनीतिक र विचारलाई निषेध गर्न खोजे आन्दोलन एक मात्र विकल्प हुने चेतावनी विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार