पानीबाट चल्ने मोटरसाइकल !

२०७१ माघ २ गते, शुक्रबार

काठमाडौ । अन्तराष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिरहेका बेला मोटरसाइकल चलाउनका लागि पेट्रोलको आवश्यकता परेन भने तपाईलाई पेट्रोलको मूल्य जति घटेको पनि कुनै वास्ता नहोला । सुन्दा अचम्म लाग्ला मोटरसाइकलमा पेट्रोल नहाले मोटरसाइकल कसरी चल्छ ? यदी तपाईले मोटरसाइकल चलाउँनका लागि पानीको प्रयोग गर्न पाउनुभयो भने के होला ? तपाई पक्कै पनि खुसी हुनुहुनेछ तर, यसभन्दा पहिले तपाई हैरान पनि हुनुहुनेछ की कसरी चल्न सक्छ मोटरसाइकल पानीले ?
तर, मोटरसाइकल पानीले चलाउन सम्भव भएको देखाएका छन् । भारतको चण्डिगढमा कक्षा १० मा पढ्ने एक छात्रले आफूले पानीबाट मोटरसाइकल चलाउन सक्ने प्रविधी विकास गरेको दावी गरेका छन् । उनले १ लिटर पानीले २ किलोमिटरको दूरी पार गर्न सकिने समेत बताएका छन् । एक सरकारी विद्यालयमा पढ्ने नित्य आशीषले आफ्नो भौतिकशास्त्रका शिक्षकको सहयोगमा पानीबाट मोटरसाइकल चलाउन सक्ने खालको एक किट तयार गरेको भारतीय सञ्चारमाध्मयले जनाएका छन् । उक्त किटलाई नित्यले एक प्रदर्शनीमा समेत प्रदर्शन गरेका थिए ।
नित्यको भनाईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले हरेक मोटरसाइकलमा यस्तो किट प्रयोग गर्ने सकिने लेखेका छन् । नित्यले उक्त किटमा पानी हालेपछि एचएचओ सेलमा जान्छ, त्यहाँ इलेक्ट्रोलाइसिस हुन्छ । इलेक्ट्रोलाइसिस भएपछि त्यहाँ अक्सिजन ग्याँसको उत्पादन हुन्छ जसले इन्जिनलाई चलाउँछ भनेका छन् ।
पेट्रोल हाल्दा मोटरसाइकलबाट धुँवा निस्किन्छ तर पानी हालेर चलाउँदा पानी नै निस्किन्छ । यसले वातावरण प्रदुषण हुनबाट समेत जोगाउने नित्यलाई उदृत गर्दै भारतीय सञ्चारमाध्मयले लेखेका छन् ।
उक्त किट तयार गर्नका लागि नित्यलाई ३ हप्ता लागेको थियो भने करिब ३ हजार रूपैयाँ खर्चिनुपरेको थियो । उक्त किटको प्रयोगले मोटरसाइकलको गति ५० किलोमिटरसम्म पुग्न सक्छ । किटमा यदी २ लिटर पानी राख्ने हो भने ५ सय किलोमिटरको दूरी पार गर्न सकिन्छ ।
किटमा पानी सकिएपछि किटमा पानी मात्र परिवर्तन गरे पुग्ने नित्यले बताएका छन् । किटमा २ लिटर पानीभन्दा धेरै पानी हाल्न सकिँदैन । नित्यले यसभन्दा पहिले सोलार एयर कन्डिस्नर समेत तयार गरिसकेको बताइएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु