पदमार्गमा गएका पर्यटकलाई सचेत हुन आग्रह

२०७६ बैशाख १९ गते, बिहीबार

काठमाडौ, १९ बैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखालेआज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिईन ।
भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको उनले बताईन ।
यस्तै केही ठाउँमा असिना पनि पर्ने बिभागको अनुमान छ । बंगालको खाडीको दक्षिण पूर्वी भागमा रहेको शक्तिशाली चक्रवात फानीको प्रभावले शुक्रबार दिउँसोपछि पूर्वी र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । चक्रवातको प्रभावले हिमपात हुनसक्ने भन्दै हिमाल आरोहण तथा पदमार्गमा गएका पर्यटकलाई सचेत हुन मौसमविद्ले आग्रह गरेका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु