नोबेल साहित्य पुरस्कार प्याट्रिकलाई

२०७१ आश्विन २४ गते, शुक्रबार

काठमाडौं । सन् २०१४ को नोबेल साहित्य पुरस्कार फ्रान्सेली लेखक प्याटि्रक मोडियानोलाई दिइने भएको छ । फ्रान्सेली भाषामा लेख्ने ६९ वर्षे मोडियानो स्वदेशभित्र निकै लोकपि्रय छन् । उनले करिब ३० पुस्तक लेखेका छन् । तीमध्ये बढी उपन्यास छन् ।सरल भाषा लेख्ने उनका उपन्यास बढीमा १ सय ५० पृष्ठका हुन्छन् । तर ती परिष्कृत र खँदिला हुन्छन् । उनका प्रायः कृति दोस्रो विश्वयुद्ध र १९४० का सेरोफेरोमा घुम्छन् । उनको पहिलो उपन्यास ‘ला प्यालेस डे लिटोले’ सन् १९६८ मा प्रकाशित भएको थियो । ६ लाख ९१ हजार पाउन्ड (करिब ११ करोड रुपैयाँ) को विश्वविख्यात पुरस्कार पाउने मोडियानो १ सय ११ औं सर्जक हुन् । फ्रान्सकै भने ११ औं । गत वर्ष क्यानाडेली लेखक एलिस मुनरोले उक्त पुरस्कार पाएका थिए ।सन् १९७८ मा मोडियानाको उपन्यास ‘मिसिङ पर्सन’ ले फ्रान्सेली पुरस्कार ‘द पि्रक्स गोनकोर्ट’ प्राप्त गरेको थियो । निकै जासुसी शैलीमा लेखिएको उक्त उपन्यासमा स्मरण शक्ति गुमाएका नायकले आफू को हो भनेर पत्ता लगाउन प्रयास गर्छन् ।- एजेन्सी

प्रतिक्रियाहरु