नेपाल कम्युनिस्ट पार्टी घोषणासभा गर्दै

२०७३ फाल्गुन १४ गते, शनिबार

काठमाडौ , १४ फागुन । नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशनको घोषणा सभा रोल्पाको लिवाङमा हुदैछ । घोषणा सभामा पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने बताइएको छ । काठमाडोैँको खुल्लामंचमा फागुन १ उद्घाटन भएको महाधिवेशनको बन्दसत्र ५ गतेदेखि १० गतेसम्म रोल्पाको थबाङमा चलेको थियो । जनयुद्ध दिवसको अवसर पारेर उद्घाटन गरिएको महाधिवेशनको सहिद सप्ताहको सुरु भएको दिन फागुन १४ गते (अाज) घोषणा सभा हुने लागेको हो । घोषणा सभामा महाधिवेशनले लिएको नीति र नेतृत्वबारे महासचिव विप्लवले जानकारी गराउने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु