नेकपाका कार्यकर्ता गिरफ्तारीविरुद्ध बेल्जियममा विरोध प्रदर्शन

२०७५ बैशाख १९ गते, बुधबार

काठमाडौं, १९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता गिरफ्तारीको विरोधमा यूरोपमा विरोध प्रदर्शन भएको छ । नेपाली जनप्रगतिशील मोर्चा वेल्जियमको अगुवाइमा भएको विरोधमा वेल्जियमको एन्टवेर्पन शहरमा वर्कस पार्टी वेल्जियम र अन्य मजदुर संगठनहरु सहभागी भएका थिए । ‘समाजवादी व्यवस्थाको स्थापना गरौं’ भन्ने नारासहित हजारौं मजदुरहरु विरोधमा भाग लिएका थिए ।
वर्कस पार्टी वेल्जियमका अध्यक्ष पीटर मार्टिनले उक्त ऱ्यालीलाई सम्वोधन गरेका थिए । उनले पुँजीवादी सत्ताका विकृतिहरुको चर्चा गर्दै राज्यसत्ता जनताको हातमा लिने समाजवादी आन्दोलनमा अगाडि बढ्न सवैलाई आह्‍वान गरेका थिए । अमेरिकन साम्राज्यवादको नेतृत्वमा विश्वमा युद्धको खेति भइरहेकाले त्यसको डटेर विरोध गर्नुपर्ने पीटरले बताएका थिए । नेपालमा कम्युनिस्टकै नेतृत्वमा सरकार भएपनि कम्युनिस्ट नेता-कार्यकर्तामाथि दमन गरिनु अापत्तिजनक भएको भन्दै बक्ताहरुले विरोध गरेका थिए । उनीहरुले शान्तिपूर्ण कार्यक्रममाथि नै प्रतिबन्द लगाउने नेकपा एमाले र माओवादी केन्द्र अब कम्युनिस्ट नभएको समेत दाबी गरे ।

प्रतिक्रियाहरु