नाइजेरियामा ५४ सैनिकलाई मृत्युदण्डको सजायँ

२०७१ पुष ३ गते, बिहीबार

काठमाडौ । नाइजेरियाको एक सैन्य अदालतले ५४ जना सैनिकलाई मृत्युदण्डको सजायँ सुनाएको छ । सैन्य अदालतले उनीहरुलाई विद्रोही समूह बोको हराम विरुद्ध लडाई नगरेको अभियोगमा सजायँ सुनाएको विविसीले जनाएको छ ।
सजायँ पाएको ५४ सैनिक लडाईका क्रममा भागेको र धोका दिएको अदालतको ठहर छ । गएको अगस्ट महिनामा विद्रोही समूह बोको हरामले कब्जा जमाएको ३ वटा शहरमा जान ती सैनिकले अस्वीकार गरेका थिए । सैनिकहरुले भने विद्रोही विरुद्ध लड्न पर्याप्त मात्रामा हातहतियार नदिएको बताएका छन् ।
बोको हरामको आक्रमणमा परी नाइजेरियामा यो वर्ष २ हजार जनाको ज्यान गएको छ । हजारौ विस्थापित भएका छन् । सन् २००९ देखि बोको हरामले ईस्लामिक राज्यको माग गर्दै नाइजेरियामा आक्रमण गर्दै आएको छ ।

प्रतिक्रियाहरु