नरिवल पानी पिउँदा हुने फाइदा !

२०७६ बैशाख २२ गते, आईतवार

काठमाडौं, २२ वैशाख । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ । स्वास्थ्य विशेषज्ञहरू भन्दछन््– नरिवलमा भिटामिन ‘ए’, कम भए पनि प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ । एक ग्राम नरिवलमा १९५ क्यालोरी शक्ति पाइने हुनाले कमजोर एवं महिलाहरूलाई नरिवलको सेवनले निकै फाइदा गर्छ । आयुर्वेदले नरिवललाई बलबद्र्धक, पित्तनाशक औषधी भनी उल्लेख गरेको छ । नरिवलको पानीको गुणको बेग्लै बखान छ । सोडियम, पोटासियम, क्याल्सियम, म्याग्निसियम, फलाम, फस्फोरस, गन्धक र क्लोरिन प्रशस्त पाइने भएकाले काँचो नरिवलको पानीलाई ‘मिनरल बाटर’ पनि भन्ने गरिन्छ । तरल पदार्थको कुरा गर्दा नरिवल पानी पिउँदा गर्मीबाट बचाउँछ र स्वास्थ्य पनि राम्रो बनाउँछ । गर्मीमा छाला डढ्ने समस्यालाई पनि यसले समाधान गर्छ । यहाँ हामी नरिवल पानी पिउँदा हुने फाइदाका बारेमा चर्चा गर्दैछौं ।
उच्च रक्तचाप – गर्मीमा धेरै मानिसमा उच्च रक्तचापको समस्या हुन्छ । त्यस्तो समस्या नरिवल पानी पिउदा ठीक हुन्छ । त्यसमा भिटामिन सी, पोटेसियम र म्याग्नेसियम हुन्छ र रक्तचाप नियन्त्रणमा रहन्छ ।
माइग्रेन – गर्मीमा शरीरबाट ऊर्जास्तर घट्छ र रोगप्रतिरोधक क्षमता पनि कम हुन्छ । यस्तो स्थितिमा नरिवल पानी पिउँदा शरीर ठण्डा हुन्छ र इलेक्ट्रोलाइट्स पनि पुग्छ ।
तौल घटाउन – मोटोपन भएका मानिसहरूका लागि पनि नरिवल पानी लाभदायक हुन्छ । यसमा लो फ्याट हुन्छ जसले भोक प्यासलाई कम राख्छ र शरीरलाई आवश्यकताअनुसार पोषक तत्व दिन्छ ।
पानीको कमी – गर्मीमा शरीरमा पानी कम हुन्छ । तर नरिवल पानी पिउँदा शरीरले प्राकृतिक रूपमा पानी प्राप्त गर्छ ।
स्टामिना – गर्मीमा प्रायः दिमाग थकित हुने हुँदा शक्ति घट्छ । दिनदिनै नरिवल पानी पिएमा स्टामिना बढ्छ ।
छालाको समस्या – गर्मीमा विभिन्न छालासम्बन्धी समस्याहरु देखिन्छन्् जसलाई कम गर्नका लागि नरिवल पानी लाभदायक हुन्छ । नरिवल पानी पिउँदा शरीरमा भएका विषाक्तहरू हट्छन्् र छालासम्बन्धी समस्या हराउन सहयोग गर्दछ ।

प्रतिक्रियाहरु