नक्कली पासपोर्ट र भिसामा नेपाल छिरे इराकी

२०७१ भाद्र २ गते, सोमबार

काठमाडौं, २ भदौं । नक्कली पासपोर्ट र भिसा प्रयोगगरी तीन इराकी नागरिक नेपाल छिर्न सफल भएका छन् । नेपालबाट फ्रान्स जाने क्रममा भने उनीहरु समातिएका छन् ।फ्रान्सको पासपोर्टमा नेपालको नक्कसी भिसा प्रयोग गरेर दुई साताअघि नेपाल छिरेका उनीहरुलाई गत साता विमानस्थल अध्यागमनले पक्राउ गरेको हो । उनीहरु कसरी नेपाल छिरे भन्ने बारे अझै नखुलेको खबर छ ।पक्राउ पर्नेमा इयोबनिस भर्जोस, एलफेथेरिस एन्डि्रयानाकिस र पानाजिओटिस स्पोनोस छन् । त्रिभुवन अन्तर्राष्ट्रिय मिवानस्थलबाटै आफूहरुको भिसा जारी भएको उनीहरुले देखाएका थिए । तर, उक्त भिसा नक्कली भएको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख हिमनाथ दवाडीले बताए । उनीहरुले आफूहरु भारत हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपाल आएको बताएका छन् ।

प्रतिक्रियाहरु