दक्षिण सुडानका ४० कुटनीतिज्ञ बर्खास्त

२०७६ जेष्ठ ३ गते, शुक्रबार

काठमाडौं, ३ जेठ । दक्षिण सुडानले कार्यक्षेत्रमा अनुपस्थित भएको आरोप लगाउँदै आफ्ना ४० जना कूटनीतिज्ञलाई बर्खास्त गरेको छ ।
दक्षिण सुडानले विदेश मन्त्रालयसँग अनुमति नलिइकन खटाइएको क्षेत्रमा अनुपस्थित रहेका ४० कूटनीतिज्ञलाई बर्खास्त गरेको हो । यसअघि सम्बन्धित मन्त्रालयलाई जानकारी नगराइकन गैरकानुनीरूपमा काम गर्दै आएका उनीहरूलाई आफूलाई खटाएको क्षेत्रमा अनुपस्थित हुनुको कारणबारे स्पष्टीकरण सोधेको थियो ।
विदेश मन्त्रालयका उपसचिव बाक वालेन्टिनो आकोलले बर्खास्तमा परेका अधिकारीहरूले आफू मातहतको विदेश मन्त्रालयको निरन्तरको निर्देशनलाई पालना नगरेको बताए । उनीहरूलाई काममा अनुपस्थित हुनाको कारणसहित ४५ दिने स्पष्टिकरण सोधिएको भए पनि यसबारेमा जवाफ नआएपछि कारबाहीस्वरुप बर्खास्त गरिएको उनको भनाइ थियो । बर्खास्तमा परेका कूटनीतिक अधिकारीलाई उनीहरूले लिएका कूटनीतिक राहदानी तथा उनीहरूको परिवारले लिएका राहदानीहरू राजदूतावास तथा कूटनीतिक नियोगमा बुझाउनसमेत सूचना जारी गरिएको छ । कारबाहीमा परेका अधिकारीको नाम भने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छैन । -एजेन्सी

प्रतिक्रियाहरु