तीन ग्रहमा जीवनको सम्भावना

२०७३ बैशाख २१ गते, मंगलवार

काठमाडौं, २१ वैशाख । खगोल वैज्ञानिकले सौर्यमण्डको जस्तै वातावरण भएको तीन वटा ग्रह पत्ता लगाएको बताएका छन् । ट्रापिस्ट वात तारका तीन वटै ग्रहमा जीवनको सम्भावना रहेको वैज्ञानिकको भनाई छ । पृथ्वीबाट ४० प्रकाश वर्षको दूरीमा रहेका यी तीन ग्रहको आकार पृथ्वी तथा शुक्र ग्रह समान छ । यो अनुसन्धान नेचर जर्नलमा प्रकाशित छ । बेल्जियमका अनुसन्धानकर्ता माइकल गिलेनका अनुसार यी ग्रह शुक्र, पृथ्वी तथा मंगल ग्रहको स्तरका छन् । पत्ता लागेका नयाँ ग्रहको सतहमा तरल अवस्थामा पानी रहेको हनुसक्ने र यसमा जीवनको सम्भावपनि रहेको अनुसन्धानकर्ताले बताए । अहिले उपलब्ध रहेको प्रविधिबाट यी ग्रहको वायुमण्डलीय बनावटको बारेमा अध्ययन गर्न सकिने र त्यहाँ जीवनको सम्भावना पनि खोज्न सकिने अनुसन्धानकर्ता गिलेनले बताउनुभयो । अनुसन्धानमा संलग्न अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजिका वैज्ञानिक जुलियन डी विटका अनुसार यी ग्रह निकै नजिक रहेको र खगोल विज्ञानका लागि यो अनुसन्धान ज्याकपट जस्तै हो । – एजेन्सी

प्रतिक्रियाहरु