डुंगा डुब्दा सयौ बेपत्ता

२०७२ भाद्र ११ गते, शुक्रबार

काठमाडौ, ११ भदौ । लिबियाको तटीय क्षेत्रमा आप्रवासीलाई लिएर गइरहेको एउटा डुंगा दुर्घटना हुँदा कयौं मानिस बेपत्ता भएका छन् । डुंगामा ४ सयभन्दा बढी सवार थिए । आप्रवासी बोकेको डुंगा लिबियाली शहर जुवारा नजिक पल्टिएर दुर्घटना भएको हो । दुर्घटनापछि २१ जनाको उद्धार गरिएको छ । अझै सयौं मानिस हराइरहेकाले धेरै मानिस मरेको आशंका गरिएको छ । एक जना स्थानीयबासिन्दाको भनाई उदृत गर्दै बीबीसीले कम्तिमा एक सय जनाको शव अस्पतालमा रहेको जनाएको छ ।
लिबियाली तट रक्षक बलले दुर्घटना भएको डुंगा खोज्ने अभियान चलाएको छ । यस वर्ष लिबियाको बाटो हुँदै युरोप जान प्रयास गर्नेहरुमध्ये दुई हजारभन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु