डिभीको आवेदन खुल्दै

२०७५ आश्विन १७ गते, बुधबार

काठमाडौं, १७ असोज । सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आज खुल्दैछ । नेपाली समयअनुसार बेलुकीबाट आवेदन खुला हुने काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने दूतावासले प्रष्ट पारेको छ । डिभी चिठ्ठा भर्नका लागि आवश्यक्ता अनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै दुतावासले रकम तिरेर कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ ।
आफै डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन् । डिभी भर्ने म्याद आगामी कार्तिक २० गतेसम्मका लागि तोकिएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि डिभी चिठ्ठा कार्यक्रम बन्द हुने हल्ला चले पनि उहाँको कार्यकालमा दोस्रो पटक डिभी खुलेको हो । अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यो वर्ष प्रयोग गर्न नपाईने अमेरिकी दुतावासले जनाएको छ । अनलाइनमा उल्लेख भएको फोटो सम्बन्धी नियमलाई पूर्णत: पालना गर्न र डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न समेत दुतावासले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार