ट्रम्प–किम वार्ताका लागि व्यवस्थापन खर्च सिंगापुरले व्यहोर्ने

२०७५ जेष्ठ २८ गते, सोमबार

काठमाडौं, २८ जेठ । विश्वको ध्यान यतिबेला सिंगापुरतर्फ केन्द्रीत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच सिंगापुरमा हुन लागेको शिखर वार्ताले विश्वको ध्यान केन्द्रीत गरेको छ । सिंगापुर, जेठ २८ । विश्वको ध्यान यतिबेला सिंगापुरतर्फ केन्द्रीत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच सिंगापुरमा हुन लागेको शिखर वार्ताले विश्वको ध्यान केन्द्रीत गरेको छ ।
सिंगापुरमा शिखर वार्ताका लागि सुविधासम्पन्न होटल चुनिएको छ । अमेरिका र उत्तर कोरियाका नेताहरु वार्ताका लागि सिंगापुर पुगिसकेका छन् । उनीहरु पाँचतारे होटलमा बसेका छन् । केही अघि उत्तर कोरियाले अन्तर्राष्ट्रिय आर्थिक नाकाबन्दीका कारण सिंगापुरमा लाग्ने खर्च आफूले व्यहोर्न नसक्ने बताएका थियो । शिखर वार्ताको खर्च कसले र कसरी व्यहोर्ने भन्ने विषय प्रष्ट नहुँदै सिंगापुरले वार्ता व्यवस्थापनका लागि लाग्ने सबै खर्च व्यहोर्न आफू तयार रहेको बताएको छ ।
सिंगापुरका प्रधानमन्त्री ली शियेन लुङ्गले ट्रम्प–किम वार्तामा करिब २० मिलियन सिंगापुर डलर खर्च हुने जानकारी दिदैं सो खर्च आफ्नो मुलुकले व्यहोर्ने बताएका छन् । उक्त रकमको करिब ५० प्रतिशत हिस्सा सुरक्षा क्षेत्रमा खर्च हुने जनाइएको छ । अन्तर्राष्ट्रिय पहलको दृष्टिले यो खर्च स्वाभाविक भएको र यसले सिंगापुरको समेत हित गर्ने त्यहाँका प्रधानमन्त्री लुङ्गको भनाइ छ । उत्तर कोरियाली नेता किमसँगले सिंगापुरका प्रधानमन्त्री लुङ्गसँगको भेटपछि भने, ‘यदि शिखर वार्ता कुनै निष्कर्षमा पुग्यो र कुनै सम्झौता भयो भने सिंगापुरलाई यसका लागि इतिहासले सम्झने छ ।’-एजेन्सी

प्रतिक्रियाहरु