टेलिकमले ल्यायो नयाँ प्याकेज

२०७२ कार्तिक २० गते, शुक्रबार

काठमाडौं, २० कात्तिक । नेपाल टेलिकमले आगामी आइतबारदेखि लागु हुने गरी थोरै डाटा प्रयोग गर्नेहरुका लागि नयाँ डाटा प्याकेज ल्याएको छ । आइतबारदेखि लागु हुने गरेर एनटिसीले जिएसएम पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ३५ रुपैयाँमा ५० एमबी डाटा दिने जानकारी दिएको छ ।यो डाटाको समयावधि १० दिनको हुने छ ।
यस्तै २ दिनमा प्रयोग गर्नु पर्ने १० एमबी डाटाका लागि भने ८ रुपैयाँ तिर्नु पर्ने छ । सिडिएमएका पोष्टपेड तथा प्रिपेड ग्राहकले भने १५ रुपैयाँमा ४० एमबी डाटा पाउने छन् । यसको समयावधि ३ दिनको हुने छ । माथिको दरमा १३ प्रतिशत भ्याट जोडिने छ ।
प्रयोग गर्ने तरिका :
GSM Postpaid मा डाटा सुविधा लिनका लागि डाटा र आफूले चाहेको Volume को बिचमा खाली राखेर १४०० मा SMS पठाउनु पर्छ । जस्तै M 10 MB Data लिन परेमा DATA 10MB Type गरी १४०० मा SMS पठाउनु पर्छ .
GSM Postpaid मा प्रयोग गर्न बाँकी रहेको Data Volume थाहा पाउन CB Type गरी १४०० मा SMS पठाउन सकिन्छ ।
GSM Prepaid र CDMA Prepaid/postpaid मा डाटा सुविधा लिनका लागि आफूले चाहेको डाटा Volume उल्लेख गरी १४१५ मा SMS पठाउनु पर्छ । जस्तै M 40MB Data लिन परेमा DATA40MB Type गरी १४१५ मा SMS पठाउनु पर्छ ।
GSM Prepaid र CDMA Prepaid/postpaid मा प्रयोग गर्न बाँकी रहेको Data Volume थाहा पाउन VL Type गरी १४१५ मा SMS पठाउन सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु