‘ जीवनमै नभेटेको’ मान्छेले यौन दुर्व्यवहारको आरोप लगाइन् ‘

२०७६ असार ७ गते, शनिबार

काठमाडौँ , ७ असार । न्युर्योक स्थित पत्रिका स्तम्भकार ई जीन क्यारोल (E. Jean Carroll )ले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुमाथि यौन दुर्व्यवहार गरेको समाचार न्युर्योक मेगाजाइनको कभर स्टोरीमा छापिएको छ । राष्ट्रपति ट्रम्पले भने ती स्तम्भकारलाई आफुले जिवनमै नभेटेको दाबी गरेका छन् ।
न्यूर्योकमा आधारित लेखक र लामो समयसम्म महिला सल्लाह स्तम्भकारको रुपमा काम गर्दै आएकी पत्रकार ई जीन क्यारोलले दुई दशक अघि न्युर्याेककाे मैनहट्टनमा रहेकाे Bergdorf Goodman डिपार्टमेन्टको ड्रेसिंग रूममा आफुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएको समचार शुक्रबार न्युर्योक मेगाजाइनले छापेको थियो । उनले१९९५ को अन्त्य र १९९६ को सुरुतिर बर्गडोर्फ गुडमनमा ट्रम्प रियल स्टेट डेभलपर रहेका बेला उनले आफुमाथि ड्रेसींग रुममा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।
त्यतीबेला क्यारोल ५२ वर्षकी थिइन् । उनले भनेकी छन्, “गिप्ट पसलमा सपिंग गर्ने क्रममा ड्रेसींग रुमभित्र ढोका बन्द रहेको अवस्थामा ट्रम्पले मेरो टाउको भित्तातर्फ धकेले, उनी मेरो नजिक आए र दुबै पाखुरा समाते, मेरो ओठ नजिक ओठ ल्याए र टाइट खिच्न थाले , मैले उनलाई धकेले र त्यहाँबाट निश्किए ।”
ट्रम्पले यो आरोपलाई अस्वीकार गरेका छन् । उनले आफुले क्यारोललाई नभेटेको र यो गलत आरोपमा डेमोक्रेट्सहरुको संलग्नता भएको टिप्पणी गरेका छन् । ट्रम्पले शुक्रवार विज्ञप्ती जारी गर्दै भनेका छन्, “कसैलाई क्यारोलसँग डेमोक्रेट्सको संलग्नताबारे थाहा भए हामीलाई जानकारी गराउनु होला, आफ्नो नयाँ किताबको व्यापारका लागि उनले काल्पिनीक घटना लेखेकी हुन्, नभए किन कुनै भिडियो फुटेज छैन ।”
यीनीहरू “आफैलाई प्रचार गर्न खोज्ने वा पुस्तक बेच्न वा कसैलाई राजनीतिक एजेन्डा लिने प्रयास गर्नका लागि झूटो कथाहरू बनाइएका व्यक्तिहरू हुन्।” उनले भने । सो डिर्पाटमेन्ट स्टोरले आफुसँग उक्तसमयको कुनै पनि सेक्युरेटी फुटेज नरहेको जनाएको छ । क्यारोल एलेले म्यागजिनमा २६ वर्षदेखि काम गर्दै आएकी छन् । यो लगायत करिब १५ महिलाहरुले ट्रम्पमाथि यौन दुर्व्यवहार एवं अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु