जनप्रगतिशिल मोर्चा कतार सातौ अधिवेशनको तयारीमा

२०७६ जेष्ठ ३२ गते, शनिबार

काठमाडौं, ३२ जेठ । नेपाली जनप्रगतिशिल मोर्चा कतारले सातौ अधिवेशनक लागि आयोजक समिती गठन गरेको छ । जुन १४ तारिख नेपाली जनप्रगतिशिल मोर्चा कतार केन्द्रिय समितीको बैठकले सो निर्णय गरेको बतैएको छ । बैठकमा छैठौं अधिवेशनदेखि हालसम्मको उपलब्धि, सम्भावना र चुनौतीहारुकाबारे जोडदार समिक्षा गर्दै ऐतिहासिक सफलता हात पारेको ठहर गरेको छ। साथै २ बर्षे कार्यकाल पुरा गरि सकेको कार्यसमिति विघटनको घोषणा गर्दै विभिन्न क्षेत्रीय तथा बिभागिय जिम्मेवारी बाडफाड गर्दै शिशिर भण्डारीको संयोजकत्वमा एक सदस्य पछि थप गर्ने गरि ४३ सदस्य सातौ अधिवेशन आयोजक समिती गठन गरेको छ ।
जसमा संयोजक शिशिर भण्डारी रहेका छन भने सदस्यहरुमा साजन गुरुङ, जय किशोर पोद्दार (जेपि), रविन पुन, बिवस लिम्बू,जमुना श्रेष्ठ , बबिता हमाल, अमृत ओलि, दिनेश बुडामगर, दिपक केसि , दिपक बिसि, गोमा मगर, नरेश बि क, टेक वीर बुढाथोकी , दिनेश शर्मा, अरुण चँद, वीर जित मगर, नेत्र गिरि, किरण पुर्जा, दिलिप चम्लागाई, दिल कुमारी राई, ललिता लिम्बुम केशरी बोहोरा, भुपेन्द्र घर्ती मगर, बिवस लिङ्देम, भक्त बहादुर घर्ति मगर, ज्ञानेन्द्र राज भारती , सुवास गिरि, जस ब. बोहोरा (अ), शंकर क्षेत्री, जस बहादुर बोहोरा (को), नरेश सार्की , सलाउदिन अंसारी, कमल पुन, मान ब. थापा, सन्च बहादुर तामाङ , बाबू कृष्ण गिरि , तमन्ना राई, मन मोहन सिंह, पुर्ण बहादुर बि क, देवि मगर , गिता ठकुरी रहेका छन ।

प्रतिक्रियाहरु