चौरजहारी घटनाका दोषीलाई सरकारले कारवाही नगरे जनकारवाही !

२०७७ जेष्ठ १३ गते, मंगलवार

काठमाडौं , १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीले जेठ १० रुकुमको चौरजहारीमा दलित समुदाय माथी भएका विभेद तथा सांघातिक आक्रमणका दोषीलाई हदैसम्मको कार्वाही गर्न तथा पीडितलाई न्याय प्रदान गर्न जोडदार माग गरेको छ । सो पार्टीका रुकुम पश्चिम् इन्चार्ज चन्द्र बुढाले नवराजलगायत युवाहरुको हत्यामा संलग्न दोषीलाई निष्पक्ष छानबिन गरि कडा कार्वाहीको माग गरेका छन। उनले सरकारले राजनीति आडमा कार्वाही गरेन भने नेकपाले दोषीलाई कार्वाही गर्ने चेतावनी समेत दिएका छ्न ।
यस बिषयमा रुकुम पश्चिम् इन्चार्ज चन्द्र बुढाले फेसबुकमा लेखेका छ्न- ” रूकुम पश्चिम चौरजहारि नगरपालिका वडा नं ८ सोति निवासि सुष्मा मल्ल र जाजरकोट जिल्ला भेरि नगरपालिका वडा नं ४ राना गाउँ निवासी नवराज बि क बिच लामो समय देखिको प्रेमिल सम्बन्धलाई वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने पबित्र उद्देश्य सहित बिहेको लागी केटी लिन सोतिमा पुगेका नबराज वि क लगायत १९ जनाको समुह माथी केटी पक्षका आफन्त लगायतका निर्दयि,मानबताहिन मान्छेहरूको समुहले साङघातिक हमला गरि नवराज वि क र टीका राम वि क को बर्वरतापुर्न हत्या गरि थप ५ जनालाइ बेपत्ता पारी अन्य १२ जना लाई कुटपिट गरेको समाचार आइरहेको छ । घटनाको मुख्य कारण अन्तरजातीय विवाह रहेको छ। मलाई यो बर्बरता पुर्ण ,अमानवीय ,जघन्य र महाअपराधिक प्रकृतिको घटना ले स्तब्ध बनाएको छ र असहय पिडा सङ्गै आक्रोश पैदा गरेको छ।यो दु:खद , पिडादायि र आक्रोशपुर्ण यो सन्दर्भमा:
१) यो अमानवीय ,बर्बरता पुर्ण ,जघन्य र अपराधीक प्रकृतिको हत्याको घोरभ्रत्सना सङ्गै खेत प्रकट गर्दछु।मृतकहरु प्रती भावपुर्ण:श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै शोकाकुल परिवार तथा आफन्तजनहरु प्रती गहिरो समबेदना प्रकट गर्दछु।
२) घटना मा समलग्न दोसिहरु लाई कानुन बमोजिम हदैसम्मको कार्बाही होस।
३) बेपत्ताहरुको खोजी गरि सत्य तथ्य पत्ता लगाई बेपत्ताको हरूको स्थिती तुरुन्त सर्बजनिक गरियोस साथै कुटपिट बाट घाइते भएकाहरुको उपचार गरियोस।
४) मृतकका परिवार लगायत पीडितहरुलाइ उचित क्षतिपूर्ति दिलायोस।
५) घटनाको दोसि कसुरमा गिरफ्तार गरिएका जनप्रतिनिधि डम्बरबहादुर मल्ल को बर्खास्त गरियोस्
६) नेपालको संविधानले अन्तर जातीय बिबाह लाई कानुनी मान्यता दिदादिदै पनि उजुरी दर्ता गर्ने स्थानीय प्रहरी प्रसासन माथी उचित छानबिन गरि कार्बाही गरियोस।
७) राजनैतिक पार्टी ,नागरिक समूह,बुद्धिजीवी ,सञ्चारकर्मी ,युबा ,विद्यार्थी ,शिक्षक ,कर्मचारी सबैतह तप्काका जिम्मेवार शक्तिहरु बाट हत्याराहरुलाई कार्बाही नहुदा सम्म निरन्तर खबरदारी गरियोस।कुनै पनि बहाना वा कबर मा राजनैतिक संरक्षण नहोस किनकि जनअदालत कृयाशिल छ हेक्का रहोस।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार