चिनियाँ रक्षामन्त्रीद्वारा बसन्तपुर दरवार क्षेत्रको अवलोकन

२०७३ चैत्र १२ गते, शनिबार

काठमाडौं, १२ चैत । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरवारक्षेत्रको आज अभिरुचिपूर्वक अवलोकन गरे ।
भूकम्पबाट बसन्तपुर दरवारक्षेत्रका धेरै भौतिक सरचनामा क्षति पुगेको छ । क्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका रक्षामन्त्री चाङले हनुमानढोकाभित्र रहेका नासलचौक, लोहचोक, नौ तल्ले दरवार र त्यसमा जडित काष्ठकलाकाबारे निकैै चासोका साथ जानकारी लिए। अवलोकनका क्रममा उनले हनुमानढोका परिसरमा रहेका जग्गनाथ मन्दिर, प्रताप मल्लको शालिक, कृष्णमन्दिर, काल भैरवको मूर्ति तथा कुमारी मन्दिरबारे पनि जानकारी लिए । सो अवसरमा रक्षामन्त्री चाङले बसन्तपुर दरवारलगायतका संरचनाको पुनःनिर्माण कहिलेसम्म पुरा होला भनी जिज्ञासा राखे ।
त्यस क्षेत्रको अवलोकन गर्ने क्रममा नेपाली वास्तुकलाबाट आफू निकै प्रभावित भएको बताउँदै उनले भूकम्पबाट भएको जनधन र यहाँका एेतिहासिक तथा साँस्कृतिक धरोहरमा पुगेको क्षतिप्रति दुख व्यक्त गरे । संयुक्त राष्ट्रसघीय शैक्षिक, वैज्ञानिक एवम सास्कृतिक संगठन र चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बसन्तपुर दरवार तथा त्यस क्षेत्रका सम्पदाको पुन निर्माण गर्ने कार्यक्रम छ । रक्षामन्त्री चाङलाई चिनियाँ भाषाका पथप्रर्दशक तोयानाथ सुवेदीले भूकम्पबाट क्षति भएका त्यस क्षेत्रका मठ, मन्दिर र अन्य सम्पदाको बारेमा विस्तृतरुपमा जानकारी गराएका थिए । रक्षामन्त्री चाङले हनुमान ढोकाको मुख्य प्रवेशद्धार अगाडी परेवासँग निकै खुशीका साथ तस्विर समेत खिचाएका थिए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार