घोराही सिमेन्ट उद्योगबिरुद्ध स्थानीयवासी आन्दोलित

२०७४ चैत्र ९ गते, शुक्रबार

काठमाडौं, ९ चैत । दाङको घोराही सिमेन्ट उद्योग प्रालिले ध्वनि तथा वायु प्रदुशन वढाएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन । स्थानियवासिका अनुसार उद्योगले फैलाएको प्रदुषणको कारण त्यस क्षेत्रका वासिन्दाको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेको छ । प्रदुषण रोक्न भन्दै स्थानियवासीले वातावरण संरक्षण मंच गठन गरी विगत लामो समयदेखि सरकारी तथा गैरसरकारी सवै निकाय गुहार्दै आएको बताएका छन । उद्योगले सवै निकायलाई पैसा दिएर मुख बुझो लगाउने गरेकाले आफनो समस्या सुनुवाई नभएकोले आन्दोलन गर्न बाध्य भएको स्थानीयको भनाई छ ।
पिडीतले घोराहि उपमहानगरपालीका का प्रमुख नरुलाल चौधरी माथि समेत उद्योगबाट पैसा खाएर उद्योगलाई संरक्षण गरेको आरोप लगाएका छन । चौधरी वामगठवन्धावाट निर्वाचीत मेएर हुन । यसैबिच आज बिहान स्थानीय संगिता खनाललाई प्रहरीले पक्राउ गरेको छ । सिमेन्ट उद्योगको विरुद्ध आन्दोलन गरेकोले उनलाई मेयर चौधरी र सिमेन्ट उद्योगको मिलोमतोमा पक्राउ गरीएको स्थानीयवासिले वताएका छन । संगितालाई पक्राउ गरीएको विरोधमा अहिले जिल्ला प्रहरी कार्यालय घोराहिमा स्थानियले प्रर्दशन गरीरहेको जनाईएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार