गोरु जुधाइ कार्यक्रममा १८ हल गोरुले प्रतिस्पर्धा गर्ने

२०७३ पुष २७ गते, बुधबार

काठमाडौँ, २७ पुस । बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि नुवाकोटमा गोरु जुधाइ कार्यक्रम हुने भएको छ । ग्रामीण पर्यटनको विकास गर्ने उद्देश्यले माघ १ गते नुवाकोट जिल्लाको तारुकामा गोरु जुधाइ कार्यक्रम आयोजना गरिने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले विसं २०६२ देखि हरेक वर्ष नुवाकोटको तारुका–५ मा गोरु जुधाइ कार्यक्रमको आयोजना गर्दै आएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरी समाजका सहासचिव शिव अधिकारीले गोरु जुधाइ कार्यक्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रोडक्टका रूपमा विकसित गर्न लागिएको बताए ।
पत्रकार सम्मेलनमा एमाले पर्यटन विभागका प्रमुख सूर्य थापा, पर्यटन व्यवसायीहरू दीपक महत, दिवश श्रेष्ठ, शिव लामिछानेलगायतले पनि गोरु जुधाइ कार्यक्रमको महत्वबारे बताएका थिए । गोरु जुधाइ कार्यक्रममा रसुवा र नुवाकोटका १८ हल गोरुले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रियाहरु