गंगालाल अस्पताल परिसरमा तुलसी रोपन

२०७१ फाल्गुन १७ गते, आईतवार

काठमाडौं, १७ फाल्गुन । ‘तुलसी रोपौं स्वस्थ रहौं’ भन्ने नाराका साथ शहीद गंगा लाल अस्पतालले अस्पतालको परिसरमा झण्डै एक हजार तुलसीको वोट रोपेको छ ।घर वरिपरीको वातावरण स्वच्छ राख्न र व्यक्तिमा रोकका किटाणुसंग समेत लड्न तुलसीको वोटले सहयोग पु¥याउने भएकाले यो अभियान शुरु गरेको अस्पतालले जनाएको छ ।
दैनीक रुपमा तुलसी सेवन गरेमा विभिन्न रोकहरुवाट पनि वच्न सकिने धार्मिक विश्वास रहदै आएको छ ।अस्पतालले गरेको कार्यक्रममा पुडासैनी मैत्रीसमाजले पनि सहयोग पुराएको थियो ।समाजले विभिन्न सार्वजनिक स्थल र वागमती वरिपरि गरि हालसम्म ३ हजार भन्दा वढी तुलसीको वोट रोपेको छ ।

प्रतिक्रियाहरु