खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने डब्लूएचओ दाबी

२०७७ जेष्ठ १ गते, बिहीबार

काठमाडौं , १ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओे) का आपतकालीन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न आग्रह गरेका छन । उनले कोरोनाविरुद्धको खोपले पनि यसलाई निर्मुल पार्न नसकिने समेत बताएका छन ।
कोरोनाको अहिलेको जस्तो महामारी नियन्त्रण भएपनि पूर्ण रुपमा निर्मूल पार्न नसकिने डब्लूएचओको भनाइ छ । विगतमा फैलिएका एचआइभी एड्स, दादुरा लगायतका रोगहरु नियन्त्रणमा आएपनि अझै कायमै रहेकाले कोरोना भाइरस पनि निर्मूल पार्न नसकिने डब्लुएचओको दावी छ ।
विश्वलाई प्रभावित बनाइरहेको कोरोनाको महामारीबाट बच्न सबैको सामूहिक प्रयास आवश्यक पर्ने भन्दै डब्लुएचओले सकारात्मक पहल गर्न आग्रहसमेत गरेको छ । महामारी नियन्त्रणमा नआइसकेकाले विश्वका कतिपय देशले जारी लकडाउन खुकुलो पार्ने निर्णयप्रति आपत्तिसमेत जनाएको छ । उसले भाइरस नियन्त्रणको प्रयार जारी रहेका बेला लकडाउन खुकुलो पार्दा फेरि समस्या आउने डब्लुएचओको चेतावनी छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु