‘क्लिन फिड’ नीति पारित

२०७६ श्रावण ११ गते, शनिबार

काठमाडाैँ, ११ साउन । संसदको विकास तथा प्रविधि समितिले विज्ञापन रहित च्यानल हेर्न पाउने प्रावधान ‘क्लिन फिड’ नीति पारित गरेको छ । समितिले ‘क्लिन फिड’ एक वर्षभित्र लागू गर्ने गरी विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेकाे हो । समितिकी सभापति कल्याणी खड्काले पुराना सेवा प्रदायकहरुले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र र नयाँ सेवा प्रदायकहरुले भने ऐन लागु भएकै दिनदेखि क्लिन फिड कार्यान्वयन गर्नुपर्ने व्यवस्था अनुमोदन गरेको जानकारी दिईन ।
सरकारले राष्ट्रियसभामा दर्ता गरेको विधेयकमा राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि लागू हुने प्रस्ताव गरे पनि विकास समितिले त्यसलाई परिमार्जन गर्दै पुराना सेवा प्रदायकले एक वर्ष र नयाँले तत्काललै कार्यान्वयन गर्नुपर्ने प्रावधान अनुमोदन गरेको छ । विधेयकलाई समितिले अनुमोदन गरेर प्रतिनिधिसभाबाट समेत स्वीकृत भएर राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि लागू हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु