क्यालिफोर्नियामा भीषण डढेलो

२०७५ कार्तिक २४ गते, शनिबार

काठमाडौँ, २४ कात्तिक । अमेरिकाको क्यालिफोर्नियामा लागेकाे भीषण डढेलोका कारण कम्तीमा पनि ५ जनाको मृत्यु भएको छ ।क्यालिफोर्नियाको साक्रामेन्तो नजिकै पाँच जनाको शव जलेको अवस्थामा फेला पारिएको हो । दुवै क्षेत्रबाट फैलिकाे आगो तीव्र रुपमा बिस्तार हुँदै गएकाे छ । तीव्र गतिमा हावा चलेका कारण पनि आगो बढी फैलिएको हाे । डढेलाेकाे जोखिमयुक्त क्षेत्रका १ लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीले बताएका छन् ।
लस एन्जलसको पश्चिमी क्षेत्रबाट फैलिएको वुल्फी फायरका प्रमुख राजमार्गसम्म बिस्तार भएको छ । वुल्फी फायर पाँच हजार ६ सय ६५ हेक्टर भन्दा बढी क्षेत्रमा फैलिएको छ । आगलागीका कारण कालाबासास तथा मालबुसहितका क्षेत्र बढी प्रभावित भएका छन् । उक्त क्षेत्रमा धेरै सेलिब्रेटिको बसोबास पनि छ ।-एजेन्सी

प्रतिक्रियाहरु