कोरियामा कामदार पठाउन रोक

२०७६ फाल्गुन ११ गते, आईतवार

काठमाडौं, ११ फागुन । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि नेपाल सरकारले कामदार पठाउन रोक लगाएको छ । गत हप्ता करिब २४ जना कामदारको उडान समेत रद्ध गरिएको बताइएको छ । कोरियामा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको कारण श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरिया जाने कामदारहरुको उडान रोकेको जनाएको छ। कोरियामा कोरोना भाइरको सङ्क्रमण पछिल्लो ४८ घण्टामा ३५० जना नयाँ संक्रमित थपिएको पुष्टि भएको छ । केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५० नाद्देको छ । कोरियामा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।

प्रतिक्रियाहरु