कामपाले नक्सा र मुद्दाको डिजिटाज्ड रेकर्ड राख्ने

२०७३ असार ११ गते, शनिबार

काठमाडौँ, ११ असार । काठमाडौं महनगरपालिकाले घरको नक्सा र मुद्दासम्बन्धी कागजातको डिजटलाइजेशन गर्न थालेको छ । अब महानगरभित्रका सबै घरका प्रतिलिपिहरुको डिजिटाइज्ड रेकर्ड रहने छ । पुराना कागजातहरु असुरक्षित हुने र खोज्दा नभेटिने लगायतका कारण सबै महत्वपूर्ण कागजातलाई डिजिटलाइज्ड गर्न सुरु गरिएको महानगरपालिका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बताए । अहिले कपडामा पोको पारेर स्टोरमा लगेर कागजपत्र फ्याँक्दा त्यो खोजेको समयमा नभेटिने मात्रै होइन, मुसा, धमिराले खाने, ओस्सिएर वा मक्किएर जाने तथा च्यातिएर कामै नलाग्ने हुनेसम्मका समस्या देखिएका छन् । यही समस्यालाई सामाधान गर्न सबै महत्पूर्ण कागजातको रेकर्ड विद्युतीय रुपमा राख्न लागिएको हो ।
अहिलेसम्म २३ सय फाइल र १६ देखि सत्र हजार पाना डिजिलाइज्ड भइसकेका छन् । ७ सय वटा फाइल विद्युतीय दस्तावेजका रुपमा परिणत भएका छन् ।
अब १० हजार नक्सा पनि डिजिलाइज्ड गरेर सकिएको महानगरपालिकाका मिसिल शाखा प्रमुख देवीकुमार तिमल्सिनाले बताए । यो प्रक्रियामा घरसम्बन्धीका २ लाख १० हजार फाइल र ३१ लाख ५० हजार पाना कागजात डिजिटलाइज्ड गरिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु