कागबेनी-तिरी जोड्ने पुल बाढीले बगायो

२०७५ श्रावण २२ गते, मंगलवार

काठमाडौं, २२ साउन । लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले मुस्ताङस्थित कागबेनी–तिरी जोड्ने पुल बगाएको छ ।
बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार दुई वर्षअघि सांंसद विकास कोषको रु १३ लाख लगानी तथा जनश्रमदान जुटाएर सो पुल निर्माण गरिएको हो । पुल बगाएपछि तिरीका १५ परिवार समस्यामा परेका छन् । पुल बनेपछि यहाँका बासिन्दालाई चौपाया चराउन तथा पर्यटकलाई पदमार्ग हुँदै उपल्लो मुस्ताङ आवतजावत गर्न सहज भएको थियो । पुल बगाएपछि स्थानीयवासी र पर्यटक प्रवाभित भएका छन् । सांसद प्रेमप्रसाद तुलाचनले पुल निर्माणका लागि तत्कालै प्राविधिक खटाइने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार