ओठ हेर्नुस् स्वाभाव चिन्नुस

२०७१ भाद्र २३ गते, सोमबार

काठमाडौँ । महिला र पुरुष दुबैको ओठको आकार हेरेर गोप्य कुरा थाहा पाउन सकिन्छ । ओठको आकार अनुसार मानिसको स्वाभाव ः
गुलाबी ओठः जो व्यक्तिको ओठको रङ गुलाबी हुन्छ, उनीहरू कुशल व्यवहार, उदार र बुद्धिमान स्वभावका हुने गर्दछन्। यस्ता ओठ भएका मानिसहरू आफ्नो व्यवहारले सबैको मनलाई पगाल्न सक्दछन । उनीहरूको साथीहरू पनि धेरै हुने गर्दछन् ।
मोटो ओठः जो व्यक्तिको ओठ सामान्यभन्दा अलि मोटो छ भने उनीहरू रिसाउने प्रकृतिका हुन्छन । यस्ता मानिसहरू सानो-सानो कुरामा पनि रिसाउने गर्दछन । कहिलेकाँही यिनिहरूको रिसले उनीहरूलाई तनावमा पनि पार्ने गर्दछ । यिनिहरू भावनात्मक र जिद्दि स्वभावका हुन्छन ।
बाहिर निस्किएको ओठः जो मानिसहरूको ओठ सामान्य स्थितिभन्दा अलि बाहिर निस्केको देखिन्छ भने उनीहरू डरपोक स्वभावका हुन्छन । यस्ता मानिसहरू कुनै पनि कठिन परिस्थितिको सजिलैसँग समाधान निकाल्न सक्दैनन् ।
भित्र पसेको ओठः जसको ओठ सामान्य स्थितिभन्दा अलि भित्र पसेको छ भने उनीहरू रहस्यमय स्वभाव भएका व्यक्तिहरूमा गनिन्छन । यस्ता व्यक्तिहरूको मनको कुरा बुझन निकै कठिन हुने गर्दछ । ओठ भित्र पसेका व्यक्तिहरू राम्रा योजनाकार हुने गर्दछन् र आफ्नो योजनालाई गुप्त राख्ने पनि गर्दछन ।
रसिलो ओठः रातो रंगको, नरम र कलात्मक किसिमको ओठलाई रसिलो ओठ भनिन्छ । यस्ता ओठ भएका मानिसहरू राम्रा, कलालाई माया गर्ने र राम्रा स्वभावका हुन्छन । रसिलो ओठ भएको मानिसहरू समाज र घरपरिवारमा मान-सम्मान प्राप्त गर्ने खालका हुन्छन । यस्ता मानिसहरू आफ्नो कार्यक्षेत्रमा उच्च स्थानमा जान सक्ने र जीवनमा थुप्रै उपलब्धिहरू हासिल गर्दछन ।
ठूलो ओठः जो व्यक्तिको ओठ ठूलो हुन्छ उनीहरू मिठो खाना खानमा शौखिन हुने गर्दछन। उनीहरूलाई विभिन्न प्रकारका खानेकुराहरू बनाएर खान मनपर्छ । सामान्यतया यस्ता व्यक्तिहरू छिट्टै आवेशमा आउने गर्दछन र उनीहरूको रिस पनि चाँडै नै शान्त हुने गर्दछ ।
संकुचित ओठः सानो र पातलो ओठलाई संकुचित ओठ भनिन्छ । यदि कसैको यस्तो ओठ छ र ओठ बेरंगी छ भने यस्ता व्यक्तिहरू देखावटी गर्न माहिर हुन्छन। बेरंगी, सानो र पातलो ओठ भएका मानिसहरू अरु मानिसहरूमा आफ्नो प्रभाव जमाउन क्रियासिल हुने गर्दछन।
ओठमा कोठी छ भनेः यदि कुनै व्यक्तिको ओठमा कोठी छ भने यस्ता व्यक्तिहरू निकै कामुक स्वभावका हुने गर्दछन््् । विपरित लिंगप्रति यिनिहरूको मनमा थुप्रै प्रकारको कामुक बिचार ल्याउने गर्दछन । यस्ता मानिसहरू अरु मानिसहरूलाई चाँडै नै प्रभावित गर्ने सक्षम हुने गर्दछन । यदि ओठको ठिक मुनि कोठी छ भने यस्ता मानिसहरू कठिन परिश्रम गर्ने गर्दछन र सजिलैसँग धन कमाउन सक्दैनन् । यस्ता मानिसहरूले कठिन परिश्रमपछि मात्र धन कमाउने गर्दछन एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु