एकैपटक १०४ ओटा उपग्रह प्रक्षेपण

२०७३ फाल्गुन ४ गते, बुधबार

काठमाडौं,४ फागुन । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले एकैपटक १०४ ओटा उपग्रह (स्याटलाइट्स)को प्रक्षेपण गरेर कीर्तिमान बनाएको छ । कुनैपनि देशले अन्तरिक्ष अभियानअन्तर्गत् एकैपटक यति धेरै उपग्रह प्रक्षेपण गरेको यो पहिलोपटक हो ।
यसअघि, सन् २०१४ मा रुसले एकैपटक ३७ उपग्रहको प्रक्षेपण गरेर कीर्तिमान राखेको थियो । तर, भारतले रुसलाई पछि पार्दै १०४ ओटा उपग्रह प्रक्षेपण गरेको हो । इसरोले प्रक्षेपण गरेका १०४ उपग्रहमध्ये तीनओटा भारतका हुन् । बाँकी एक १०० ओटा इजरायल, काजकस्तान, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड र अमेरिकाका हुन् । यस अभियानबाट भारतले कीर्तिमान राख्नुका साथै एक सय करोड रुपैयाँ ती देशबाट आम्दानी गरेको पनि बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु