इरानी ड्रोनलाई खसालेको ट्रम्पकाे दाबी

२०७६ श्रावण ३ गते, शुक्रबार

काठमाडौं, ३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले स्ट्रेट अफ होर्मुजमा एउटा इरानी ड्रोनलाई खसालेको जनाएका छन् । उनले युएसएस बाक्सर पानीजहाज करिब एक किलोमिटर नजिकै आइपुगेको ड्रोनलाई खसालेको जनाएका छन् । तर इरानले आफ्नो ड्रोन हराएको बारेमा कुनै जानकारी नभएको जनाएको छ । गत महिना इरानले अमेरिकाको एउटा सैनिक ड्रोनलाई सोही क्षेत्रमा खसालेको थियो । बिहीबार भएको घटनाका केही समयअघि मात्रै इरानले खाडी क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी गर्ने एउटा विदेश ट्याङ्करलाई नियन्त्रणमा लिएको जनाएको छ । जसमा चालक दलका १२ जना सदस्य रहेका थिए । मे यता त्यस क्षेत्रमा तेलका ट्याङकरहरुमाथि आक्रमण भएका घटनाहरु सार्वजनिक भएका छन् ।
अमेरिकाले ती आक्रमणमा इरानको हात रहेको जनाएको छ । तर तेहरानले त्यसलाई अस्वीकार गर्दैै आएको छ । पछिल्लो घटनाहरुले खाडी क्षेत्रमा सैनिक द्वन्द्व निम्त्याउने हो की भनेर चिन्ता बढेको छ । -एजेन्सी ।

प्रतिक्रियाहरु