इयुले एक लाख २० हजार आप्रवासीलाई शरण दिने

२०७२ आश्विन ६ गते, बुधबार

काठमाडौं, ६ असोज । युरोपियन युनियन (इयु) ले एक लाख २० हजार शरणार्थीलाई शरण दिने योजना पारित गरेको छ । २८ वटा इयुका सदस्य राष्ट्रमा एक लाख २० हजार आप्रवासीलाई शरण दिने प्रस्ताव पारित भएको हो । इयुको कार्यकारी समिति युरोपियन कमिशनले गैरकानूनी रुपमा युरोप प्रवेश गर्न चाहने आप्रवासीको समस्या समाधानका लागि युरोपका राष्ट्रले बाँडफाँड गरेर शरण प्रस्ताव गरेको थियो । इयुका सदस्य राष्ट्रका आन्तरिक मालिलासम्बन्धी मन्त्रीको बैठकले आप्रवासीलाई आपसमा बाँडेर शरण दिने प्रस्ताव पारित गरेको हो ।
तर पूर्वी युरोपका रोमानिया, चेक रिपब्लिक, स्लोभाकिया र हंगेरीले भने इयुको प्रस्तावको विपक्षमा मत दिएका छन् । इयुले गरेको नयाँ प्रस्ताव अनुसार अहिले इटली, ग्रिस, हंगेरी तथा अरु युरोपेली देशमा रहेका गैरकानूनी आप्रवासी तथा शरणार्थी लाभान्वित हुनेछन् । – एजेन्सी

प्रतिक्रियाहरु