इम्बोस्ड नम्बरको आवेदन खुल्दै

२०७६ फाल्गुन १० गते, शनिबार

काठमाडौं, १० फागुन । यातायात व्यवस्था विभागले सवारी साधनको सम्पूर्ण विवरण डिजिटल प्रणाली मार्फत हेर्न मिल्ने इम्बोस्ड नम्बर प्लेटका पुनः आवेदन खुला गर्न लागेको हो । विभागले सर्वाेच्च अदालतको आदेशपछि स्थगित इम्बोस्ड नम्बर प्लेटको आवेदन पुनः खुल्ने भएको हो । विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार आवश्यक प्राविधिक तयारी पुरा गरेको र कार्यालय व्यवस्थापन र कर्मचारीहरुलाई प्रशिक्षण दिने लगायतका काम बाँकी रहेकाले एकरदुईदिन भित्रमा आवेदन खुला गरिनेछ ।
दुई वर्ष अघि सुरु गरिएको इम्बोस्ड नम्बर प्लेटको वितरण सर्वोच्च अदालतको अन्तरिम आदेशपछि ०७४ फागुन १० गतेदेखि रोकिएको थियो । महानिर्देशक हमालले पहिला छाप्ने क्रममै रहेका बाँकी पाँच सय नम्बर प्लेटको काम सुरु गरिने बताउनुभयो । विभागले तत्काल राजस्व तिरिसकेकालाई नम्बर प्लेट लिन सूचना जारी गर्ने तयारी गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु