इबोला संक्रमणले भयाबह रुपलिने

२०७१ आश्विन ९ गते, बिहीबार


काठमाडौँ । सन् २०१५ को जनवरीसम्म लाइबेरिया तथा सिरालियोनमा इबोला जिषाणुबाट संक्रमित १४ लाख पुग्न सक्ने चेतावनी अमेरिकी स्वास्थ्य संस्थाहरुले दिएका छन् ।यसलाई इबोला रोगको सबैभन्दा नराम्रो अवस्थाको रुपमा हेरीएको छ । २०१५ को जनवरी २० सम्म अफ्रिकाको पश्चिमी भागस्थित यी दुई देशमा इबोलाबाट संक्रमित ५ लाख ५० हजार देखि १४ लाखसम्म पुग्न सक्ने अनुमान युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले गरेको छ ।
यी संस्थाहरुले हाल विश्वमा इबोला संक्रमण निकै नराम्रोसँग विस्तार भए पनि प्रभावितको संख्याका विषयमा सही जानकारी प्राप्त नभएको अनुमान गरेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु