इन्डिोनेसियामा ६ .५ रेक्टर स्केलको भूकम्प

२०७१ भाद्र २५ गते, बुधबार


काठमाडौं, २५ भदौ । इन्डिोनेसियामा ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दू मनाडो सहरबाट १ सय ३९ किलोमिटर रहेको इन्डोनेसियाको जियोलोजिकल अनुसन्धान प्रतिवेदनले जनाएको छ ।भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षेतिको विवरण भने आएको छैन । भूकम्पसँगै सामुद्रिक लहर सुनामीको खतरा भने नभएको सो प्रतिवेदनमा जनाइएको छ ।यसअघि सन् २००४ मा इन्डोनेसियाको सुमात्रा द्धीपमा भूकम्पसँगै सुनामी आएको थियो । सुनामीले इन्डोनेसिया र भारतलगायत १४ मुलुकका २ लाख ३० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु