आफ्नै देशको आकाशमा उडिरहेको जासुसी ड्रोन खसालेको इरानी इस्लामिक रिभोलुस्नरी गार्डको दावी

२०७६ असार ५ गते, बिहीबार

काठमाडौँ , ५ असार । इरानको इस्लामिक रिभोलुस्नरी गार्डले आफ्नो देशको आकाशमा उडिरहेको जासुसी ड्रोनलाई खसालेको दावी गरेको छ । ड्रोन इरानको दक्षिणी होरमोज्गन प्रदेशमा पर्ने कुहमोबराक नजिक खसालिएको रिपोर्टमा उल्लेख छ । तर अमेरिकी सेनाले भने सो विषयमा कुनै खण्डन गरेको छैन । अमेरिकाले इरानको शत्रुतापूर्ण व्यवहारकोजवाफ दिन सेना पठाउन लागेको बताएको छ । वाशिन्टनले ओमनको खाडिमा समुन्द्री बारुदी धरापमार्फत इरानले तेल ट्याकंरमा आक्रमण गरिरहेको आरोप लगाएको छ । गत सोमबार इरानले आफूसँग भएको न्युन प्रशोधित युरोनियमको संग्रह बढाउने घोषणा गरेसँगै दुई देशबीचको तनाव बढेको छ । सन् २०१५ मा इरान र अन्तराष्ट्रिय शक्तिबीच भएको सम्झौता अनुसार इरानले सिमित प्रशोधित युरोनियममात्र संग्रह गर्न पाउँने जनाएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु