आज हावाहुरीसहित वर्षा हुन सक्ने

२०७६ जेष्ठ ८ गते, बुधबार

काठमाडौं, ८ जेठ । मौसम पूर्वामान महाशाखाले आज देशका अधिकांश भूभागमा आंशिक बदली रहि अपरान्हपछि सामान्य बदलि भई देशका पूर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी भू–भागका केही स्थानमा र पश्चिमी तथा मध्य क्षेत्रका थोरै स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु